नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचका मैत्रीपूर्ण ट्वान्टी–२० शृंखलाको चौथो खेल आज

<span class='c1'>नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचका</span> <span class='c2'>मैत्रीपूर्ण ट्वान्टी–२० शृंखलाको चौथो खेल आज</span>

काठमाडौं । नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको चौथो खेल आज (बिहीबार) हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि शुरु हुनेछ।

गत शनिबार बाट जारी पाँच खेलको मैत्रीपूर्ण ट्वान्टी–२० शृंखलामा तीन खेल खेलेको वेष्ट इण्डिज ए टोलीले दुई खेलमा जित दर्ज गराएको छ भने घरेलु टोली नेपाल देस्रो स्थानमा छ ।

वेष्ट इण्डिजले नेपाललाई आइतबार भएको पहिलो खेलमा १० रन र बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो।
शनिबार भएको शृंखलाको पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो। यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल पनि शनिबार हुनेछ।
शृंखलाको चौथो खेलमा घरेलु टोली नेपाल जित्नै पर्ने दबाबमा छ । आगामी जुनमा आयोजना हुने आईसीसी टी –२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिजबीच मैत्रीपूर्ण खेल नेपालमा भइरहेको हो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यही समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज भने समूह ‘सी’ मा छ। यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा छन्। विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्