-अम्बिका अधिकारी
आँखा तरी दूर क्षितिज ताकी
हेरी रहेकी किन रिस राखी
छ भाव भङ्गी अति क्रोध युक्त
बन्दै गइ लौन विषाक्त मुक्त
निधारमा साथ मुजा पसारी
सुनेत्र ती लाल गरि उघारी
कोल्टे भई हात सिरानी मानी
गर्छे अहो खै किन हो रिसानी
कमाउदै ओठ र गुनगुनाइ
स्वभाव कस्तो किन भुन्भुनाई
काढेर फेरी पसिना तरक्क
झर्केर बोल्छे र उसै वरक्क।
जर्को र फर्को गरि शब्द चर्को
पोखी दिने क्रोध घुमाइ बर्को
चलाउदै देह उठाइ हात
बोल्छै सधै दुच्छर शब्द वात
खुट्टा बजार्छे रिस राग मारी
देखाउँछे धाक ठूलै उधारी
यस्तो र उस्तो भनी शब्द नाना
बनेर ठालू कति हो बहाना
बदनाम हुन्थ्यो तिनको नठानी
खश्लिल बोल्छे कति थुच्छ बानी
आजै सुधारी कन आफूलाई
भला भई बस्नु त्यहीँ भलाई
भला भई बस्नु त्यहीँ भलाई