नेपालसँग वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजित

नेपालसँग वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टी–२० श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज 'ए'लाई ६ विकेटले पराजित गरेको छ ।

टीयू क्रिकेट मैदानमा वेस्ट इन्डिजए ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले । शेख र शाहले क्रमशः ५१ र ५८ रन बनाए ।

कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै खेलको सुखद अन्त्यष् गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए । कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।

नेपालका सोमपाल कामी र सागर ढकालले तीन/तीन विकेट लिए । नेपालको १५ सदस्यीय टोली आज साँझ नै विश्वकपका लागि अमेरिका उड्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्