ओलम्पिकका सहभागी नेपाली खेलाडीलाई सम्मान

ओलम्पिकका सहभागी नेपाली खेलाडीलाई सम्मान

मणिराम दाहाल
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित नेपालीरिका हाेटलमा आयोजित तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा कार्यक्रम भएको थियाे । कार्यक्रममा खेलकुदकाे महाकुम्भ सन् १९८८ मा ओलम्पिकका सहभागी १२ खेलाडीहरूलाई सम्मान गरिएको थियाे । कार्यक्रममा राजकुमारी पाण्डे, मेनुका राउत, हरि रोकाया, विधान लामा, डम्बर कुँवर, पार्वती थापा, रामबहादुर गिरी, गंगाराम डंगोल, डम्बरदत्त भट्ट, विष्णुबहादुर सिंह, ऋषिराम प्रधान र टिकाबहादुर बोगटीलाई सम्मान गरिएको थियाे।उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, एसोसिएसनका अध्यक्ष दिपक विष्ट र बोर्डका सदस्य सचिव हंशराज वाग्लेले सम्मानपत्र प्रदान गरि सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले खेलकाे माध्यमबाट देशविदेशकाे गाैरव बढाउने ओलम्पिक खेलाडीलाई उभ्याएर सम्मान गर्न पाउनु गाैरवकाे विषय रहेको बताए । उनले खेल क्षेत्रकाे विकासका लागि आफू नेतृत्वको सरकार पछि नहटने उल्लेख गरे।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ओलम्पियन्स एसोसिएसनका अध्यक्ष दिपक विष्ट , कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायतले बाेलेका थिए । कार्यक्रममा बाेल्ने बक्ताहरूले देशलाई चिनाउने ओलम्पियनहरूलाई पुनर्मिलन गराउनु खुसीको कुरा रहेको उल्लेख गर्दै कार्यक्रमले नयाँ युवा प्रतिभामा पनि हौसला मिल्ने उल्लेख गरे ।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईले यहाँका पुराना राष्ट्रिय खेलाडी ओमकुमार मास्केलाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए । ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा मलेसिया, सिंगापुर, बेलायत लगायतका छ जना ओलम्पियन्स खेलाडीहरू समेतकाे सहभागिता रहेको थिए ।

कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी तथा २५ जना प्रदेशभित्रका अनुभव तथा अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्