सुन्दरहरैँचामा उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने

सुन्दरहरैँचामा उपमेयर कप महिला भलिबल प्रतियोगिता हुने

मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नगर खेलकुद विकास समितिकाे आयाेजनामा उपमेयर कप महिला भलिबल २०८१ हुने भएको छ ।

महिला भलिबल प्रतियाेगिता  वैशाख २७ गतेदेखि २९ गतेसम्म संचालन हुने पत्रकार सम्मेलन गरि आयाेजकले जानकारी गराएकाे छ । अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबलमा ८ वटा टिमकाे सहभागिता हुने भएका छ । अनुमानित ३ लाख रुपैयाँ खर्च लाग्ने आयाेजक समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठले जानकारी दिए ।

 महिला भलिबल प्रतियाेगितामा लेटाङ ,सुन्दरहरैँचा  ,पथरी  ,बुढीगंगा ,रतुवामाई, कानेपाेखरी, बेलबारी, केराबारी, लगायतका पालिकाका टिमहरूले सहभागिता रहने आयोजकले जनाएको छ । नगरकाे सुकुना माविकाे खेल मैदानमा हुने महिला भलिबल प्रतियाेगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ, दाेस्रो हुनेले २५ हजार रुपैयाँका साथै उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारकाे व्यवस्था गरिएकाे आयाेजक समितिका सदस्य तथा नगर प्रवक्ता राेनशप्रसाद ढकालले जानकारी दिए। उनले स्वास्थ्यका लागि समेत खेलकुदकाे आवश्यकता भएकोले खेलाडीलाई प्राेत्साहन गरि खेलक्षेत्रकाे विकासका लागि समेत महिला भलिबल प्रतियाेगिता आयाेजना गर्ने तयारी गरिएकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्