काठमाडौं । फ्रान्समा यसै वर्ष हुने पेरिस ओलम्पिकको दक्षिण एसियाली छनोट खेल बैशाख ३१ गतेसोमबार(भोलिदेखि) देखि हुने भएको छ ।
लैनचौरस्थित टेबलटेनिस हलमा हुने छनोट प्रतियोगितामा पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र नेपालका खेलाडी, पुरुष र महिला दुवै विधामा कुल १९ खेलाडी सहभागी हुनेछन् ।
भारत यसअघि नै ओलम्पिक छनोट हुँदा भुटान भने सहभागी हुने छैन । एसियाली टेबलटेनिस युनियन (एटीटीयू) कार्यकारी बोर्ड र एटीटीयूका अध्यक्षसँगको छलफल र छलफलपछि अखिल नेपाल टेबलटेनिस संघ कोरियामा भएको परिषद्को बैठकले छनोट प्रतियोगिका लागि नेपाललाई स्विकृती दिएको थियो ।
छनोटका प्रतियोगिताका लागि एटीटीयूले दुई हजार पाँचख सय अमेरिकी डलर उपलब्ध गराएको प्रतियोगिताका निर्देशक तेजेन्द्र सिंह महराले जानकारी दिए ।
प्रतियोगिता संचालनका लागि लेबनानका फादी कासिस प्रतिस्पर्धा प्रबन्धक, रेफ्रि भारतका गणशन निकान्तलाई हायर गरिएको छ ।
प्रतियोगिताका लागि प्राविधिक टोलीको यात्रा, दैनिक भत्ता र अन्य खर्च लगायतका सबै खर्च एसियाली टेबलटेनिस युनियन (एटीटीयू)ले उपलब्ध गराएको छ।
प्रतियोगिता संचालनका लागि नेपाली घर, ट्रान्क्विलिटी र स्ट्याग ग्लोबल सुमन खड्गी, ब्रोडलिंक, भ्याली स्पोर्ट्स, ललितपुर जिल्ला टेबलटेनिस संघ, लक्की ट्राभलर, त्रिशूली भिल्ला, समृद्धि ट्रेडर, एसिक्स, अनर मोबाइल, ह्वाट नेक्स्ट/बाट आवास सहयोग गरिएको बताइएको छ ।
ओलम्पिक छनोटका लागि भनेर अहिले नयाँ लाइट जडान गरिएको छ । प्यारापिटको सिट बिग्रिएकाले त्यसलाई मर्मत गरिएको बताइएको छ ।