म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा

<span class='c1'>म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल</span> <span class='c2'>फेरि शीर्ष स्थानमा</span>

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबारराति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित दर्ता गर्दै तालिकामा ३ अंक थपेपछि शीर्ष स्थानमा उक्लिएको हो ।
युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा पाहुना टोली आर्सनललाई जिताउन एकमात्र गोल लियान्द्रो ट्रोसार्डले गरेका थिए । काई हार्भेर्ट्जको सहयोगमा उनले गोल गरेका थिए ।

जितसहित आर्सनलले ३७ खेलबाट ८६ अंक बनाएको छ । दोस्रो स्थानमा रहको म्यानचेस्टर सिटीले ३६ खेलबाट ८५ अंक बनाएको छ । अब प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम खेलबाट हुने भएको छ । सिटीले २ खेल खेल्न बाँकी रहँदा आर्सनलको एउटा खेल बाँकी छ । आर्सलले एभर्टनसँग खेल्न बाँकी रहँदा सिटीले टोटनह्याम र वेस्टयामसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्