कोशी, बागमती र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना

<span class='c1'>कोशी, बागमती र कर्णाली</span> <span class='c2'>प्रदेशमा पानी पर्ने सम्भावना</span>

काठमाडौं । आज देशका केही भू–भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोसी र मधेस प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज कोसी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्