वृद्धवृद्धाको सङ्ख्या बढ्दै जाँदा इटालीमा घट्दै युवाको सङ्ख्या

<span class='c1'>वृद्धवृद्धाको सङ्ख्या बढ्दै जाँदा</span> <span class='c2'>इटालीमा घट्दै युवाको सङ्ख्या</span>

इटाली । इटालीमा युवा वयस्कहरूको सङ्ख्या पछिल्लो दुई दशकहरूमा तीव्र रूपमा घटेको छ । देशमा वृद्ध व्यक्तिहरूको सङ्ख्या भने बढेको छ । इटालीको नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सले आफ्नो २०२४ को वार्षिक प्रतिवेदनमा इटालियनहरूले जीवनमा विवाह गर्न र बच्चाहरू जन्माउन नचाहने गरेको पाइएको बताएको छ ।

इटालीमा युवा वयस्कहरूको सङ्ख्या १८ र ३४ वर्ष बिचका व्यक्तिको समूह २१ वर्षको अवधिमा तीन मिलियनभन्दा बढीले घटेको छ । युवा वयस्कहरूको सङ्ख्या २००२ मा १३.३९ मिलियनको तुलनामा २२.९ प्रतिशतले घटेर १०.३३ मिलियनमा आइपुगेको छ ।

इटालीमा वृद्ध व्यक्तिहरूको सङ्ख्या उही अवधिमा बढेको छ । जुन १९९४ मा ९.१ मिलियनबाट गत वर्ष १४.१ मिलियनमा बढेको छ । यो ५४.४ प्रतिशतले वृद्धि हो । इटालीको युवा र वृद्ध जनसङ्ख्या बिचको यी विकासहरू घट्दो जन्मदर, न्यून आप्रवासन र बढ्दो आयुको कारणले देशको अनौठो जनसाङ्ख्यिकीय परिवर्तनको प्रतिबिम्ब हो ।

महिलाहरू पनि आमा बन्न लामो समय पर्खिरहेका छन् । पहिलो पटक आमा हुने औसत उमेर २००२ मा २९.७ वर्षको उमेरमा बढेर ३१.६ वर्ष पुगेको छ । यसैबिच, पुरुषको पहिलो विवाहको औसत उमेर सन् २००२ मा ३१.७ को तुलनामा ३६.५ वर्ष पुगेको छ भने महिलाको उमेर २८.९ बाट बढेर ३३.६ पुगेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्