दुई दशक खेलेर सन्यास लिँदैछन् सुनील क्षेत्री

<span class='c1'>दुई दशक खेलेर सन्यास</span> <span class='c2'>लिँदैछन् सुनील क्षेत्री</span>

काठमाडौं । भारतीय फुटबल कप्तान सुनील क्षेत्रीले एक महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका छन् ।

आउँदो महिना हुने विश्वकप छनोट खेलपछि सन्यास लिने क्षेत्रीले बताएका छन् । कुवेत विरुद्धको छनोट खेलपछि उनले देशको फुटबल खेलमा आफ्नो दायित्व पूरा हुने ठानेका छन् । त्यसपछि विश्राम लिने उनको चाहना छ।

३९ वर्षीय क्षेत्रीले आगामी जुन ६ मा कुवेत विरुद्ध फिफा विश्वकप छनोट खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेपछि उनलाई धन्यवाद दिनेहरुले शुभकामना पठाउन थालेका छन् । २० वर्ष टेकेपछि फुटबल मैदानमा उत्रिएका क्षेत्रीले १९ वर्षको करियरमा ९४ स्ट्राइकका साथ भारतको शीर्ष गोलकर्ता बनेर इतिहास बनाउन सफल भए।

क्षेत्रीले भारतको सबैभन्दा धेरै क्याप गर्ने खेलाडीको रुपमा मैदान छोड्ने छन् ।

फिफाले क्षेत्रीलाई बधाई अर्पण गर्दै खेल जगतको तर्फबाट उनलाई सलामी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्