युद्धग्रस्त गाजापट्टीमा तीन इजरायली बन्धकहरुको शव फेला

<span class='c1'>युद्धग्रस्त गाजापट्टीमा तीन इजरायली</span> <span class='c2'>बन्धकहरुको शव फेला</span>

काठमाडौं । गएको ७ महिनादेखि जारी हमास–इजरायलबीचको युद्धमा बन्धक बनाइएका तीन जना इजरायली बन्धकहरुको शव फेला परेको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमास बीचको भीषण लडाईको बीचमा गाजा पट्टीबाट तीन जना बन्धकहरूको शव फेला परेको हो । तीनै जनाको पहिचान समेत खुलेको छ । आईडीएफका अनुसार इत्जाक गेलेरन्ट, अमित बुस्किला र शनि लुकको शव रहेको पहिचान भएको हो ।

गएको ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा ती जना मारिएका थिए । पछि आतंकवादीहरूले शव गाजामा लगेका थिए । सुरुमा तीनमध्ये दुईजना बन्धक गेलेन्र्टर र बुस्किला जीवित रहेको विश्वास गरिएको थियो । लुकलाई भने अक्टोबरको अन्त्यमा मृत घोषित गरिएको थियो ।
युद्धका कारण हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अहिले इजरायलले गाजामा जमिनमा आक्रमणलाई तीव्र बनाएको छ । यसैबीच गाजामा फसेका २० अमेरिकी डाक्टरहरुमध्ये १७ जना सुरक्षितरुपमा फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्