विराटनगर । विराटनगरमा रंगेली रोड नविल बैंक माथि इस्कोन विराटनगरको सेन्टर छ। इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सिएसनेस (इस्कोन) संसारभर भागवत गीताको सारको विषयमा ज्ञान दिलाउने संस्था हो। नबिल बैंकभन्दा माथि जलजला रंगेली रोडमा अवस्थित इस्कन बिराटनगरको मन्दिरमा हरेक दिन बिहान ८ बजे देखि श्रीमद्भागवत महापुराणको छलफल आध्यात्मिक गुरुहरूको नेतृत्वमा गरिन्छ ।
शहरको कोलाहल र दैनिक तनाव बीच लगभग ३००–५०० भक्तजन जम्मा भएर हरेक शनिबार दिउँसो ३ बजे देखि किर्तन, भागवत गीताका विभिन्न जीवन उपयोगी श्लोकहरु माथि चर्चा गरिन्छ। बेलुका आरती पश्चात महाप्रसादमको व्यवस्था रहेको विराटनगर शाखाका सचिव भानुभक्त जोशीले बताएका छन् । भक्तजन कृष्ण नाममा नाच्ने, गाउँने, झुम्ने गर्दछन् । इस्कनको मूल उदेश्य नै भागवत गीतामा उल्लेख सारको ज्ञान मानवजनलाई अवगत गराउनु हो।
यसैको लागि मन्दिरसम्म पुग्नेको संख्या उल्लेख्य छ। विभिन्न कारणले मन्दिर सम्म आउँन नसकेका भक्तहरुको लागि सम्पूर्ण सत्रहरु इस्कन बिराटनगरको फेसबुक र य़ुटुबमा समेत राख्ने गरिन्छ। मन्दिरले इच्छुक भक्तजनका लागि विभिन्न बाजागाजा कक्षाको समेत व्यवस्था गरेको छ ।
यसै भावनालाई थप उचाई पुग्ने गरि इस्कोन नेपालका प्रमुख परमपूज्य श्रीमत् महाविष्णु स्वामीमहाराजलाई मंगलबार विराटनगरमा भव्य स्वागत गरिएकोथ्यो । बेलायतमा जन्मिएका स्वामी महाराज सन् १९७७ देखि नेपालमा वैद्धिक सनातन तथा हिन्दु धर्मको संरक्षण, सम्वर्द्धन कार्यमा सक्रिय छन् ।
चिरपरिचित गुरु रुपेश्वर गौर प्रभुजी, युक्रेन मा जन्मेर पनि नेपाली संस्कृति जगेर्नामा ३० बर्तषदेखी तल्लिन गुरु पत्री प्रभुजी, जो रास्ट्रपति द्वारा सुप्रबल जनसेवा श्री अवार्ड प्राप्त गुरुको समेत बिभिन्न कार्यक्रम यहाँ हुने गर्दछन्। विराटनगरमा बाक्लो संख्यामा उपस्थित वैद्धिक सनातन तथा हिन्दु धर्मावलम्बीहरुले उनको भव्य स्वागत गरे । विराटनगरको इस्कनमा युवा, विद्यार्थी, व्यवसायी, उद्योगी, वकिल, डाक्टर, इन्जिनियर, सी ए ,शिक्षक, व्यपारीहरु जोडिएकाले मन्दिरको सेवामा समेत सहयोग पुगेको सचिव जोशी बताउँछन्।