लघुकथा: काठमाडौँको बफ म:म

<span class='c1'>लघुकथा: काठमाडौँको</span> <span class='c2'>बफ म:म</span>

-पुष्पा नेपाल ( सुवेदी)
शान्ता र शारदा दुवै कामकाजी महिला भएपनि शान्तिमा धर्मको आडम्बर निकै थियो। जहाँसुकै र जेसुकै हत्तपत्त नखाने शान्ता माछामासु भनेपछि झन् १२ हात परै रहन्थी।उसो त उनको परिवारमा छोरा बुहारी सबै माछामासु खान्थे।तर माछामासुको चुलो बाहिर अलग्गै थियो। श्रीमानले मासु खाएको थाहा पाएको दिन सकेसम्म कोठामै नछिरे हुन्थ्यो भनेझैं गर्थी।शारदा भने यस्ता कुरामा कुनै मतलब राख्दिन थिई। धार्मिक विचारमा फरक भएपनि दुवैको मन भने खुब मिल्थ्यो।
चिसोको मौषम थियो। शान्ता अफिसबाट सकेर सिधै तरकारी बजार पुगी।शारदा त्यही थिई। दुवैले भलाकुसारी गर्दै किनमेल सके।शारदाले प्रस्ताव राखी"चिया खाने हो"? शान्ताले हाँस्दै भनी।"खाजा पनि खाने ,आज पैसा तिर्ने पालो मेरो होइन क्यारे"!! शारदाले नयाँ रेस्टुरेन्ट देखेको र त्यही गएर मम खाने भनेपछि दुवै उक्त रेस्टुरेन्टमा पुगे। शारदाले मेनु हेर्दै भेजमा सि मम अर्डर गरी।के हो सि मम? शान्ताले शङ्का व्यक्त गरी। केही होइन भेजममलाई क्याप्सिकम र प्याजमा फ्राइ गरेको मीठो हुन्छ।मम टेबलमा आइपुग्यो।सुप पनि ल्याइदिनु। शारदाले भनी।भेजको सुप त छैन।वेटरले भन्यो।अर्कै भएपनि ल्याइदिनु। एकैछिनमा दुई ठाउँ सुप आइपुग्यो।शान्ताले फेरि शंकालु नजरले शारदालाई हेरी।उसले आश्वस्त पार्दै भनी।खानु के सुपमा यस्तो महङ्गो मासु हालेको हुँदैन क्यारे!!दुवेले सुपमा थोरै नुन र खोर्सानी थपे रअझै स्वादिलो बनाए।
भेज सि मम र ननभेज ममको सुपको स्वाद संयोजन निकै मीठो थियो। शान्ताले प्रशंसा गर्दै खाई। बाहिर निस्केपछि उसले भनी। तिमी नहुँदा पनि कोहीबेला म यही रेस्टुरेन्टमा आउनु पर्ला। निकै मीठो खुवाउने रहेछन्। साँच्चै यो रेस्टुरेन्टको नामचाहिँ के हो? शारदाले स्कुटी घुमाउँदै भनी। बोर्ड पढ्नुस् न। लेखिएको थियो" काठमाडौं बफ म:म"।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्