टी- १० क्रिकेट : फुलबारी र विराट स्पोर्टिङ क्लब विजयी

<span class='c1'>टी- १० क्रिकेट : फुलबारी</span> <span class='c2'>र विराट स्पोर्टिङ क्लब विजयी</span>

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी-१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएको छ ।

विराटनगर - ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा फुलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै दुवै टिमले २-२ अंक जोडेको छ ।

पहिलो खेलमा एलिटले दिएको ९९ रनको लक्ष्य फुलबारीले ५.५ ओभरमा विना क्षति पूरा गर्यो । फुलबारीका ओपन आलोक मञ्जयले अविजित १५ बलमा ४८ रन बनाए । उनले ७ छक्का र १ चौका प्रहार गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । खण्डक बोहराले २० बलमा ४८ रनको योगदान दिए । उनले ४ छक्का र ५ चौका हिर्काए ।

त्यसअघि पहिलो ब्याटिङ थालेको एलिटले निर्धातिर १० ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । अंकित गोस्वामीले १६ बलमा ३६ रन बनाए । सुशान्त मिश्रले १४ बलमा २४ रन पारी खेल्दा अभिषेक पलले १३ बलमा २० रन जोडे ।
फुलबारीका बलर भुवन कार्की, दिपक राज र एमडी कैफले समान १-१ विकेट लिए ।

विराटसँग पूर्वाञ्चल पराजित
दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको हो । पूर्वाञ्चलले दिएको ७६ रनको लक्ष्य विराटले ८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । जसमा विराटका खालिद आलमले १२ बलमा २६ रन बनाए । सुर्दशन कुमारले २४ बलमा २४ रन बनाउँदा रवि रोयले ५ बलमा ८ रनको योगदान दिए । पूर्वाञ्चलका विकास लोहियाले २ मन्जित श्रेष्ठले १ विकेट लिए । त्यसअघि पहिलो ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन मात्रै बनायो । जसमा पवन कुमारले १४ बलमा २८ रन, निराजन लड्डीले १५ बलमा २० रन र श्रवण यादवले ८ रन बनाए ।
विराटका आशुतोष सिंह, खालिद आलम र प्रतिक पोखरेलले समान २ -२ विकेट लिए ।

बाँसको खम्बामा अस्थायी फलड्लाईटको माध्यमबाट सुरु भएको दिवा रात्रीकालीन प्रतियोगिता लिकको आधरमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्