विश्व कीर्तिमानीका लागि कालापत्थरमा रेस्लिङ

<span class='c1'>विश्व कीर्तिमानीका लागि</span> <span class='c2'>कालापत्थरमा रेस्लिङ</span>

काठमाडौं । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्ने उद्देश्य कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

मे २९ अर्थात ‘एभरेष्ट डे’ का अवसरमा सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरिएको हो ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको रेस्लिङमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच भिडन्त भएको थियो । खेलमा भगवतीले बाजी मारिन् । रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन् । जोगिन्दार पानवाला उपनामले चिनिएका हास्य कलाकार शिवशंखर रिजालले प्रस्तुतिसहित कार्यक्रम सञ्चालन गरेका थिए ।

मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । अल अराउन्ड ट्रेक्सका एमडी सोनम शेर्पाले कार्यक्रमका लागि सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्