विश्वकप अभ्यास खेल : आज भारत र बंगलादेश प्रतिष्पर्धा गर्दै

<span class='c1'>विश्वकप अभ्यास खेल : आज</span> <span class='c2'>भारत र बंगलादेश प्रतिष्पर्धा गर्दै</span>

काठमाडौं । भारत र बंगलादेश बीच आइसीसी टी-२० विश्वकपअन्तर्गत अभ्यास खेलमा आज भेट हुँदैछ ।

न्यूयोर्कको क्यान्टी पार्कमा सुरुहुने खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि हुने छ । टी-२० विश्वकप सुरु हुनुअघिको यो अन्तिमअभ्यास खेल हो । भारतीयक्रिकेटर विराट कोहलीन्यूयोर्क पुगेका छन्, तर अभ्यास खेल भने खेल्ने छैनन् ।

१५ खेलाडीको टोलीमा भर्खरै आईपीएल खेलेका खेलाडीहरू समावेश छन् । केही भारतीय खेलाडीहरूको लागि, यो अभ्यास खेल एक प्लेटफर्म हो । जहाँ उनीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन दिएर टोलीमाआफ्नो स्थान सुरक्षित गर्न सक्छन् । बंगलादेश सामु चुनौती आत्मविश्वास बढाउनु हो, किनकिउसले भारतसँग पछिल्लो ५ टी-२० अन्तर्राष्ट्रिय खेलमध्ये ४ हारेको छ । यसमा २०२२ को टी-२० विश्वकपको खेल पनि समावेश छ ।

उक्त खेलमा बंगलादेश ३० रनले पराजित भएको थियो । विराटको ६४ रनको इनिङका कारण बंगलादेशले १८५ रनको लक्ष्य दिएको थियो । अर्शदीप र हार्दिकले २-२ विकेट लिए र बंगलादेशी टोलीलाई १४५ रनमा सीमित गरे ।भारत र बंगलादेशबीच १३ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । १२ खेल भारतले जितेको थियो भने १ खेल बंगलादेशले जितेको थियो । टी-२० विश्वकपमादुवै टोली ४ पटक भिडेका छन् भने बंगलादेशले चारै पटक हार बेहोरेको छ।
बंगलादेशसँगको भारतको अभ्यास खेल खेलाडीहरूलाई त्यहाँको अवस्थासँग परिचित हुन महत्वपूर्ण हुनेछ । भारतीय टोलीले आफ्नो कम्बिनेशन पनि हेर्ने छ ।
आजदुवै टोलीले टस जितेर पहिले ब्याटिङ गर्न चाहन्छन् र अभ्यास खेलमा आफ्ना महत्वपूर्ण ब्याट्सम्यानलाई परिक्षण गर्ने पूरा मौका दिनेछन् । एसियाली खेलकुद-२०२२ को सेमिफाइनलमा भारत र बंगलादेशबीचको अन्तिम भिडन्त भएको थियो । हङझाउमा भएको खेलमा भारतीय टोली ९ विकेटले विजयी भएको थियो । भारतले बंगलादेशबाट पाएको ९७ रनको लक्ष्य ९.२ ओभरमा एक विकेट गुमाएर पुरा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्