मैत्रीपूर्ण फुटबल : डिपिएसले अर्पण बोर्डिङ्ग स्कुललाई १-० गोलले पराजित पर्यो

<span class='c1'>मैत्रीपूर्ण फुटबल : डिपिएसले अर्पण बोर्डिङ्ग</span> <span class='c2'>स्कुललाई १-० गोलले पराजित पर्यो</span>

विराटनगर । मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले अर्पण बोर्डिङ्ग स्कुललाई १-० गोलले पराजित गरेको छ।

शनिबार डिपिएस स्कुलको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले अर्पणलाई १-० गोलको अन्तरले पराजित गरेको हो।

दिगो सिकाईका लागि खेल कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको डिपिएस स्कुलले जनाएको छ।

उक्त खेलमा डिपिएस स्कुलका स्ट्राइकर जेनिल बिष्टको १ गोल निर्णायक हुन् पुग्यो। जेठ २६ गते होम एण्ड हवो फर्म्याटमा अन्तर्गत अर्पण बोर्डिङ स्कुलको खेल मैदानमा अर्को मैत्रीपूर्ण खेल हुने डिपिएस विराटनगरका कोच सुमित डङ्गोलले जानकारी दिए।

दिगो सिकाइका लागि खेल (Sports for Sustainable Learning) कार्यक्रम अन्तर्गत डिपिएस विराटनगरले फुटबल लगायत विभिन्न खेलहरू जस्तै बास्केटबल, क्रिकेट, रोलर स्केट, टेवल टेनिस, आदि खेलहरू पनि अन्य विद्यालय तथा क्लबहरूसँग मिलेर मैत्रीपूर्ण खेल आयोजना गर्ने र खेलमा रूची राख्ने विद्यार्थीहरुको खेलसिपको प्रवर्द्धन (promote) तथा विकास गर्न सहयोग पुर्याउने विद्यालयका प्रिन्सिपल बिबि लिम्बूले जानकारी दिए।

डिपीएस विराटनगरका क्याप्टेन प्रज्ञान घिमिरेले अर्पण बोर्डिङ स्कुलका क्याप्टेनलाई स्कुलको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्