नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

<span class='c1'>नेप्से परिसूचक दोहोरो</span> <span class='c2'>अङ्कले बढ्यो</span>

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक १३ दशमलव ५१ अङ्क बढेर दुई हजार ८३ दशमलव ४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २५ कम्पनीको ९६ लाख ९७ हजार दुई सय ६ कित्ता शेयर ६५ हजार ६ सय ५४ पटक खरिद बिक्री हुँदा चार अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ बराबरको कारोबार भएको छ । आजको कारोबारमा लगानी समूह शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन दुई दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै व्यापार समूहको ६ दशमलव ५६ र वित्त समूहको उपसूचक दुई दशमलव १७ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ एक दशमलव ११, विकास बैंक शून्य दशमलव २२, होटल तथा पर्यटन शून्य दशमलव ४६ र जलविद्युत् एक दशमलव २६ प्रतिशतले बढेको छ । जीवन बीमा समूह शून्य दशमलव ७७, लघुवित्त समूह शून्य दशमलव ५२ र अन्य समूह शून्य दशमलव ९६ प्रतिशतले बढेको छ ।

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य नौ दशमलव १३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २२ करोड ६४ लाख १३ हजार २८ बराबरको तीन लाख ८२ हजार ३५ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्