विराटनगर । आज जुन ५अर्थात विश्व वातावरण दिवस । आज विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ ।
यसैबीच विराटनगर २ मा रहेको सेन्ट मेरिज स्कुलले विविध सचेतना मुलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ ।
स्कुलले बुधबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सचेतना मुलक सडक नाकट प्रस्तुत गरेको छ । कक्षा ७ देखी १० सम्मका विद्यार्थीहरुले वातावरणलाई कसरी सरक्षण गर्ने भन्ने विषयमा १५ मिनेटको सडक नाटक देखाएका थिए । साथै कार्यक्रममा विद्यार्थीहरुले संगीतको माध्यमबाट वातावरणलाई सफा सुन्दर बनाउनको लागि गीतहरु पनि प्रस्तुती दिएका थिए । यसैबीच जिल्ला प्रशासन कार्यालय अगाडी सरसफाई कार्यक्रम समेत गरेका छन् । त्यस अघि ‘रुख विरुवा रोपौ, वातावरण सफा राखौँ’ भन्ने प्लेकार्ड सहित विद्यार्थीहरुले ¥याली समेत निकालेका थिए । कार्यक्रममा स्कुलकी सिष्टर मार्लिन सिजे र रुफिना सिजे अन्य शिक्षक शिक्षिका कर्मचारी विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
उता विद्यार्थीहरुले स्कुल परिसरमा फुड स्टल समेत राखेका थिए । विद्यार्थी आफैले विभिन्न मिष्ठान्न भोजनका परिकारहरु समेत बनाएर विद्यार्थी तथा शिक्षक शिक्षिकालाई प्रदान गरेको स्कुलकी पिआर सुष्मा लावतीले जानकारी दिनुभयो ।