आइसीसी टी-२० विश्वकप : न्युजिल्याण्डलाई हराउँदै अफगानिस्तान समूह ‘सी’को शीर्ष स्थानमा पुग्यो

<span class='c1'>आइसीसी टी-२० विश्वकप : न्युजिल्याण्डलाई हराउँदै</span> <span class='c2'>अफगानिस्तान समूह ‘सी’को शीर्ष स्थानमा पुग्यो</span>

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई८४ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५.२ ओभरमा सबै विकेट गुमाए ७५ रनमा समेटियो । अफगानिस्तानले पहिलो पटक टी २० मा न्युजिल्याण्डलाई पराजित गरेको हो ।

खराब सुरुआत गरेको न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक १८ रन बनाउँदा माट हेनरीले १२ रन जोडे । अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपन फिन एलेन र मिचेल ब्रासवेल गोल्डेन डकआउट भएका थिए । न्युजिल्याण्डको पारी ध्वस्त बनाउन अफगानिस्तानका फाजलहक फारुकी र रासिद खानले चार चार विकेट लिए । फारुकीले ३.२ ओभरमा १७ रन दिएका थिए भने रासिद खानले पनि ४ ओभरमा १७ रन खर्चिएर चार विकेट नै लिए। मोहमद नाविले दुई विकेट लिए ।

प्रोभिडेन्समा खेल टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो । अफगानिस्तानले उत्कृष्ट सुरुआत गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको थियो । अफगानिस्तानका रमनुल्लाह गुर्वाज र इब्राहिम जर्दानले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गर्दै खेललाई अघि बढाए । १४.३ ओभरमा इब्राहिम जर्दान ४१ बलमा ४४ रनको पारि खेलेर आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए ।

गुर्वाजलाई साथ दिन अज्मतुल्लाह ओमरजाई आएका थिए । यी दुई खेलाडीले २४ रनको मात्रै साझेदारी गरे । अज्मतुल्लाह १२ बलमा २२ रन बनाएर आउट भएका थिए । उनले दुई छक्का र एक चौका प्रहार गरे । मोहम्मद नावी गोल्डेन डकआउट भएपछि अफगानिस्तानले १७.४ ओभरमा टिमको स्कोर १३६ रन हुँदा तेस्रो विकेट पतन भयो । कप्तान रासिद खान ५ बलमा ६ रन बनाउँदै रन आउट भए । उनले एक चौका प्रहार गर । एक छेउमा टिकेका रमनुल्लाह गुर्वाज १९.२ औं ओभरमा आउट भएका थिए । उनले ५६ बल फेस गर्दा पाँच छक्का र पाँच चौकाको मद्दतले ८० रनको शानदार पारि खेले । उनलाई ट्रेन्ट बोल्टले पभेलियन पठाएका थिए । न्युजिल्याण्डका माट हेनरी र ट्रेन्ट बोल्टले दुई दुई विकेट लिँदा लोकी फर्गुसनले एक विकेट हात पारे ।
लगातार दोस्रो जितका साथ अफगानिस्तान समूह सीमा ४ अंक बनाउँदै शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्