विश्वकपमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आठौं पटक प्रतिस्पर्धा गर्दै

<span class='c1'>विश्वकपमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र</span> <span class='c2'>पाकिस्तान आठौं पटक प्रतिस्पर्धा गर्दै</span>

काठमाडौं । काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज राती चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदैछन् ।

समुह ‘ए’ अन्तर्गत रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानबीच आज हुने खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ । यी दुई टोलीको खेललाई विश्वकपमा ठुलो प्रतिस्पर्धी खेलका रुपमा हेरिएको छ ।
जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्डविरुद्ध जित निकालेको छ भने, पाकिस्तानले आफ्नो पहिलो खेल गुमायो । पाकिस्तानले अमेरिकासँग हार बेहोरेको छ । यी दुबै टोलीले आफ्नो दोस्रो खेल आज खेल्दै छन् ।

टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जित निकाल्दा पाकिस्तानले एक पटक जितेको छ। एक खेल भने अनिर्णित बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्