टी–२० विश्वकप : वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनले पराजित गर्यो

<span class='c1'>टी–२० विश्वकप : वेस्ट इन्डिजले युगान्डालाई</span> <span class='c2'>१ सय ३४ रनले पराजित गर्यो</span>

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ औँ ओभरमा अलआउट भयो । खराब सुरुआत गरेको युगान्डा ३९ रनमै समेटिएको हो । समूह सीमा रेहका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी–२० खेल भएको हो। युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाए । उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक जोड्न सकेनन् । युगान्डालाई सस्तैमा रोक्न वेष्टइन्डिजका अकिल हुसैनले सर्वाधिक ५ विकेट लिए ।
हुसेनले ४ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिँदा अल्जारी जोसेफले ३ ओभरमा ६ रन दिएर २ विकेट हात पारे ।

यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक/एक विकेट लिए । गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि जोन्सन चाल्सले सर्वाधिक ४४ रन, रोभमन पावलले २३ रन ,निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए । यस्तै आन्द्रे रसेल ३० रनमा नटआउट पारि खेले । युगान्डाका बसिन मासाबाले २ विकेट लिए। दुई पटकको विश्व विजेता वेस्ट इन्डिज लगातार दोस्रो जितपछि समूह सीमा ४ अंक बनाएको वेस्टइन्डिज दोस्रो स्थानमा छ । शीर्ष स्थानमा समान अंकका साथ अफगानिस्तान रहेको छ । अफगानिस्तान रनरेटका आधारमा अगाडि रहेको छ । यसैगरी युगान्डा २ अंकका साथ तेस्रो स्थानमा रहँदा पपुवा न्युगिनी र न्युजिल्याण्डले तालिकामा अंकको खाता खोल्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्