आईसीसी टी–२० विश्वकप : भारतको रोमाञ्चक जित, सुपर आठमा पुग्न पाकिस्तानलाई कठिन

आईसीसी टी–२० विश्वकप : भारतको रोमाञ्चक जित, सुपर आठमा पुग्न पाकिस्तानलाई कठिन

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको छ ।

आइतबार राती न्युयोर्कमा भएको खेलमा भारतले पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित निकालेसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना न्यून भएको छ ।

पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अब अन्य खेलका नतिजामा भर पर्नुपर्ने भएको छ । यदी भारतले बाँकी सबै खेल जितेको खण्डमा अमेरिका र आयरल्याण्डको खेलले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना जिवितै राख्ने छ। त्यसका लागि आयरल्याण्डसँग अमेरिका पराजित हुनुपर्ने छ । न्युयोर्कमा भएको टस जितेर पाकिस्तानले भारतलाई ब्याटिङको निम्तो दिएको थियो । एक ओभर बाँकी हुँदै अलआउट हुन पुगेको भारतले पाकिस्तानलाई १२० रनको सामान्य लक्ष्य दिएको थियो ।

सो लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ७ विकेटको क्षतिमा ११३ रनमै समेटियो । राम्रो सुरुआत गरेको पाकिस्तानले अन्तिम आठ ओभरको खेलमा राम्रो प्रर्दशन गर्न नसक्दा आफ्नो पक्षमा देखिएको खेल गुमाउन पुग्यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । यस्तै, इमाद वासिमले १५ रन, कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए ।

भारतका लागि जस्प्रित बुम्राहले सर्वाधिक ३ लिए । यस्तै, हार्दिक पान्ड्याले २ विकेट, अर्सदीप सिंह र अक्षर पटेलले समान १ –१ विकेट लिए ।
त्यसअघि भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन जोडेको थियो। भारतका लागि रिशभ पन्तले ३१ बलमा ६ चौका सहित सर्वाधिक ४२ रनको पारि खेले ।

यस्तै, अक्षर पटेलले २०, कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान ३–३ विकेट लिदा मोहम्मद आमिरले २ र शाहिन शाह अफ्रिदीले १ विकेट लिए ।
जितपछि भारतको २ खेलबाट ४ अंक जोडेको छ । सोही समुहमा रहेको अमेरिकाको पनि ४ अंक छ । क्यानडाको २ खेलमा २ अंक रहेको छ । २ खेल खेलेको पाकिस्तान र १ मात्र खेल खेलेको आयरल्याण्डले अंक जोड्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्