बंगलादेशलाई पराजित गर्दै दक्षिण अफ्रिका समूह ‘डी’को शीर्ष स्थानमा

बंगलादेशलाई पराजित गर्दै दक्षिण अफ्रिका समूह ‘डी’को शीर्ष स्थानमा

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा बंगलादेश दक्षिण अफ्रिकासँग झिनो रन अन्तरले पराजित भएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी मैदानमा सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले हराउँदै लगातार तेस्रो जित निकालेको हो।

दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ९ मात्र बनाएको थियो ।
बंगलादेशका लागि तोहीद हृदोयले ३७, मोहम्मदुल्लाह रियादले अविजित २० रन बनाए । कप्तान नजमुल होसेन सान्तोले १४ रन बनाए । यस्तै, तान्जिद हसन र लिटन दासले समान ९–९ रन जोडे । बंगलादेशलाई रोक्न केशव महाराजले सर्वाधिक ३, काशिगो रवाडाले र एनरिच नोत्जेले समान २ ÷२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय १३ रनको योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले दुई चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ४६ रनको महत्वपूर्ण पािर खेले । यस्तै, डेभिड मिलरले पनि २९ रन बनाए । यी दुईबीचको साझेदारी महत्वपूर्ण रह्यो । यस्तै, क्विन्टन डी ककले १८ रन बनाए।

बंगलादेशका तान्जिन हसन साकिबले सर्वाधिक तीन विकेट लिँदा ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट आफ्नो नाम गराए ।
दक्षिण अफ्रिका तीन खेलबाट ६ अंकका साथ समूह ‘डी’मा शीर्ष स्थानमा यथावत् छ । तालिकाको दोस्रो स्थानमा रहेको बंगलादेशको २ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्