प्राज्ञिक केन्द्रमा टिठलाग्दो हर्कत : अशान्त बन्दै विराटनगरको मोरङ क्याम्पस

प्राज्ञिक केन्द्रमा टिठलाग्दो हर्कत : अशान्त बन्दै विराटनगरको मोरङ क्याम्पस

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मंगलबार पुनः अर्को टिठलाग्दो घटना दोहोरिएको छ । क्याम्पसको विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन संकायको निर्देशक डा.मोहन सुवेदीको कुर्सी रुखमा झुणडाएर विरोध गरिएको छ । प्राज्ञिक थलोमा स्नातक अध्ययनरत गर्ने विद्यार्थीले गरेको यो कार्य मर्यादा विपरित रहेको स्वयम् क्याम्पस प्रमुख डा.रामवतार शरण बताउँछन् ।

पुस्तक, पीउने पानी लगायत क्याम्पसमा आवश्यक पर्ने व्यवस्थापन मिलाउन नसकेको आरोप लगाउँदै निर्देशकको कुर्सी रुखमा झुण्याईरहँदा काठमाण्डौंमा क्याम्पस प्रमुखले पुस्तक लोड गरिसकेका थिए । क्याम्पस प्रमुख शरणले भने–उहाँ मुख्यमन्त्रीको आर्थिक सल्लाहाकारमा नियुक्त भएपछि निमित्त दिईसक्नु भएको थियो, डा.शिवचन्द्र चौधरीलाई सुवेदीलाई निमित्त दिईसकेपछि यस्तो कार्यले प्राज्ञिक थलोको मर्यादा त गिराउँछ ।

नियमिततर्फका पढाईहरु गत २३ गतेदेखि बन्द छन् । विशेष शैक्षिक कार्यक्रम र आन्तरिकतर्फका कार्यहरु सञ्चालनमा रहेका छन् । मुख्यमन्त्रीको आर्थिक सल्लाहाकार नियुक्त भईसकेका सुवेदीलाई अनावश्यक विवादमा पार्ने गरि उनको कुर्सी रुखमा झुण्ड्याएर विद्यार्थीहरुले आफ्नैस्तर कमजोर बनाएको घटना छन् । आइतबार मात्रै मोरङ क्याम्पसका विद्यार्थीले प्रदेश योजना आयोगका उपाध्यक्षको गाडीमा आगजनी गरेका थिए । त्यहि दिन पाञ्चालीमा बिद्युत प्राधिकरणका गाडीहरु तोडफोड गरिदिएका थिए ।
क्याम्पस प्रमुख शरणले क्याम्पसमा नराम्रोसँग राजनीति जकडियोले यस्तो समस्या बारम्बार दोहोरिने गरेको बताए । उनले विद्यार्थी मात्रै नभई स्वयम् प्राज्ञिक व्यक्तित्वहरुमा समेत विश्वविद्यालयको साख अनुसारको मनोभावना कमजोर बन्दै गएकोले खराब घटनाहरु हुने गरेको बताएका छन् ।

मोरङ क्याम्पस व्यवस्थापन कार्यसमितिले सुवेदीलाई व्यवस्थापन संकायतर्फको निर्देशकमा नियुक्त गरेकै दिन बीबीए कार्यक्रमको उपनिर्देशकको जिम्मेवारी डा.शिवचन्द्र चौधरीलाई दिइएको थियो । मुख्यमन्त्री कार्यालयमा नियुक्त भएपछि सुवेदीले चौधरीलाई निमित्त दिईसकेपछि पनि आन्दोलन उनै केन्द्रीत गरिने घटना पूर्वाग्रहपूर्ण रहेको कतिपय विद्यार्थी बताउँछन् ।
आन्दोलनका माग राख्दै तालाबन्दी गरिएको थियो । निर्देशकको कार्यकक्षको ताला खोलेपछि नेमप्लेटसहितको कुर्सी रुखमा झुण्ड्याएको हो । सुवेदीले यसमा स्वयम् प्राज्ञिक व्यक्तिहरुको समेत उक्साहट रहेको प्रतिक्रिया दिएका छन् । उनले भने–भलै मैले निमित्त दिएर आएपछि यो कार्य गर्नु उहाँहरुकै स्तरको मापन हो ।

विशेष शैक्षिक कार्यक्रम निर्देशिका अनुसार मोरङ क्याम्पसमा सेमेस्टर प्रणालीका पाँच शैक्षिक कार्यक्रम सञ्चालन छन् । साविक शैक्षिक कार्यक्रमहरुको विभागिय प्रमुखहरुको जिम्मेवारी क्याम्पस प्रमुखले तोक्न पाउने प्रावधान छ । विशेष शैक्षिक कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रमका निर्देशकहरुको जिम्मेवारी क्याम्पस व्यवस्थापन कार्यसमितिले तोक्छ । क्याम्पस कार्यसमितिमा पाँच सदस्यीय पदाधिकारी हुन्छन् ।

क्याम्पस प्रमुख शरणले प्राज्ञिक केन्द्रको मर्यादा कायम गराउन समग्र क्षेत्रको उतिकै महत्व हुने बताएका छन् । उनले विद्यार्थीले माग गरे अनुसारको सामाग्री व्यवस्थापन गर्नकै लागि काठमाण्डौंमा रहेको जानकारी दिदैं भने–सहयोग सबैको हुनुपर्दछ । उनी आठ महिनायता क्याम्पस प्रमुख रहँदै आएका छन् । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन भएपछि विद्यार्थीसँग कतिपय मुद्दाहरु संस्थागत रुपमा हल खोजिने आसा राखिएपनि मोरङ क्याम्पसमा भने अराजक गतिविधि बढ्दै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्