मोरङमा कानुनले छेकेन बालबिवाह

<span class='c1'>मोरङमा कानुनले</span> <span class='c2'>छेकेन बालबिवाह</span>

इन्दु साह
विराटनगर । नेपालमा बाल विवाह गर्नु अथावा गराउनु दुवै कार्यलाई नेपालको कानुनले अपराध मान्दछ । तर, पनि समाजमा सामाजिक रीति अनुसार घरपरिवारकै दवावमा बालबिवाह भएको तथ्याङक पाईन्छ । कानुनले २० वर्ष उमेर पुरा नभई गरीने विवाहलाई बाल विवाह मान्दछ। यदि विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनी मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १७३ मा उल्लेख छ ।

यस बमोजिम कसैले बालविवाह गर्न वा गराउन हुदैन । कानुन अनुसार यदि कसैले यस व्यवस्था विपरीत विवाह गरेमा कानुनले फौजदारी कसुरमा सजाए समेत तोकेको छ । बालबिवाह फौजदारी मुद्दा अन्तर्गत पर्दछ । तर, विगत ३ वर्षको मोरङ जिल्लामा रहेको बालविवाह सम्बन्धिका मुद्दाको तथ्यांक हेर्ने हो भने मोरङ जिल्लामा बाल विवाह रोकिएको देखिदैन ।

जिल्ला प्रहरी कार्यालयमा आएका मुद्दाहरु सरकारी वकिल कार्यालय मार्फत मोरङ जिल्ला अदालतमा दर्ता हुन्छ । मोरङ जिल्ला अदालतमा आर्थिक वर्ष २०८०।८१ मा लगत सरी आएको गरी जम्मा ११ बालविवाह सम्बन्धिका मुद्दा दर्ता भएका छन् । यस्तै २०७९।८० मा लगत सरी आएको गरी जम्मा १२ बालबिवाह सम्बन्धिका मुद्दा दर्ता भएका थिए ।

यस्तै, २०७८।०७९ मा लगतसरी आएको गरी जम्मा ९ बाललविवाह सम्बन्धिका मुद्दा दर्ता भएका छन् । यसरी अझैपनि सामाजिक परम्परा अनुसार नै बालबिवाह परीवार मार्फत हुने गरेको पाईन्छ । विभिन्न संस्थाले बालबिवाह गर्न हुदैन भनी विभिन्न जनचेतना कार्यक्रम गर्दै आएको छ । मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ११ मा रहेको विवाह सम्बन्धि कसुरमा कुनै व्यक्तिले बालबिवाह गरेको वा गराएको भए तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्