डलर र रियालको भाउ स्थिर, युरो घट्दा पाउण्ड बढ्यो

<span class='c1'>डलर र रियालको भाउ स्थिर,</span> <span class='c2'>युरो घट्दा पाउण्ड बढ्यो</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा डलरको भाउ आज स्थिर छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसामा झरेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ । बिहीबार युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसामा कारोबार भएको थियो । आज, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ १४ पैसा पुगेको छ । बिहीबार पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १६ पैसा र बिक्री दर १७० रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्