विश्व बैंक अन्तर्गत आइडिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

<span class='c1'>विश्व बैंक अन्तर्गत आइडिएको</span> <span class='c2'>बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने</span>

काठमाडौं । नेपालमा आयोजना हुन लागिरहेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने निश्चित भएको छ ।

जुन १८ देखिअर्थात यही असार ४ देखि ७गतेसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने शुक्रबार एक पत्रकार सम्मेलनमा जानकारी गराइयो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २१औं बैठक सुरु हुने जानकारी गराइएको हो । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो ।

उदघाटन सत्रमा नेपालका प्रधानमन्त्री दाहालले मुख्य सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो ।
नेपालले ६ वर्षअघि आइडिए-१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो ।
बैठकमा ७० भन्दा बढि मुलुकका दुईसय भन्दा बढि प्रतिनिधि नेपाल आउने जानकारी गराइयो ।

IDA21 माग र वित्तिय बारे छलफल गर्न नेताहरू नेपालमा भेट्न

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको मुख्य विषयगत प्राथमिकताहरू र वित्तिय मागको बारेमा छलफल गर्न काठमाडौं, नेपालमा जुन १८ को बैठकको उद्घाटन सत्रमा मिडियाहरूलाई आमन्त्रित गरिएको छ किनभने यो २१ औं पुनःपूर्ति चक्रबाट गुज्रिरहेको छ।
IDA ले दक्षिण एसिया क्षेत्रसँग काम गर्न सक्ने चुनौतीहरूलाई नेभिगेट गर्न र थप लचिलोपन निर्माण गर्न सक्ने तरिकाहरू पनि बैठकले हाइलाइट गर्नेछ।
जसले अनुदान र शून्य देखि कम ब्याज ऋण प्रदान गर्दछ, १९६० मा आफ्नो स्थापना देखि लाखौं जीवन र समुदायहरुलाई रूपान्तरण गर्न मद्दत गरेको छ। IDA को स्रोतहरु को पुनः भर्ती बैठक को एक प्रमुख विषय हुनेछ, जो एक पुनःपूर्ति चक्र समापन को बीचमा आउँछ। डिसेम्बर २०२४ मा- जब दाताहरूले जुलाई २०२५ देखि जुन २०२८ सम्म चल्ने चक्रको लागि योगदान गर्न प्रतिबद्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्