विराटनगर । किरात याक्खा छुम्माको प्रदेश नं १ को ऐतिहासिक प्रथम सम्मेलन भोलि असार १ र २ गते धनकुटामा हुने भएको छ।
याक्खा जातीको पहिचान र स्वायत्तता, संरक्षित क्षेत्र आजको आवश्यकता भन्ने नाराका साथ प्रथम भेला हुने जनाइएको छ ।
छुम्माले कोशी प्रदेशको नाममा असहमति जनाउदै आएको छ । याक्खाहरुको प्रथम भेलाले स्वायत्त क्षेत्रको माग पनि प्रमुखताका साथ उठाउईने याक्खा छुम्माकी वरिष्ठ उपाध्यक्ष तथा १ नम्बर प्रदेश इञ्चार्ज अञ्जना ताम्लीले बताउनुभयो । साथै कार्यक्रममा याक्खा जातीको मौलिकता जोगाउने उद्देश्यले प्रदेश नं १ भरिकै डोकेनी नृत्य प्रतियोगिता हुने जनाइएको छ । याक्खाहरु प्रदेश १ को ८ जिल्लामा बढी बसोबास गर्दै आएका छन् ।