धनकुटा । नेकपा एमाले जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कट्टेल एमाले धनकुटाको प्रचार तथा प्रकाशन विभाग प्रमुख बनेका छन् ।
एमाले धनकुटा जिल्ला कमिटीको बैठकले कट्टेललाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका कटेल गत जेठ १४ गते सम्पन्न एमाले धनकुटाको ८ औं जिल्ला अधिवेशनमा खुला कोटाबाट भारी मतसहित पार्टीको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए ।
सक्रिय पत्रकारिताबाट विश्राम लिँदै राजनीतिमा अघि बढेका कट्टेललाई पार्टीले विभागीय प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।