यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबलमा कोशी प्रदेश तेस्रो

<span class='c1'>यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत</span> <span class='c2'>बास्केटबलमा कोशी प्रदेश तेस्रो</span>

विराटनगर । गण्डकी प्रदेशको राजधानी पोखरामा ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्तर्गत बास्केटबल प्रतियोगितामा कोशी प्रदेशको बास्केटबल टीम तेस्रो भएको छ।

छात्र तर्फ तेस्रो स्थानको लागि पोखरा रंगशालाको बास्केटबल कोर्टमा भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई १७ काविरुद्ध ३६ स्कोरले पराजित गर्दै तेस्रो भएको हो ।

छात्र तर्फको फाइनल खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ३१ का विरुद्ध ३७ स्कोरले पराजित गर्दै उपाधिसहित स्वर्ण पदक जितेको छ।

उक्त प्रतियोगितामा छात्रा तर्फ सुदूरपश्चिम बाहेक ६ प्रदेश र छात्र तर्फ भने ७ वटै प्रदेशको सहभागिता रहेको प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्