अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द हुँदा पाकिस्तानको विश्वकप यात्रा टुंगियो

<span class='c1'>अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण</span> <span class='c2'>रद्द हुँदा पाकिस्तानको विश्वकप यात्रा टुंगियो</span>

काठमाडौं । अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान आइसीसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।

समूह ए को खेलमा अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल टस समेत हुन नसकि रद्द हुँदा दुवै टिमले एक–एक अंक बाँडे । यी दुई बिचको खेलको नतिजामा झिनो आशा राखेको पाकिस्तान भने खेल रद्द भएसँगै प्रतियोगिताबाटै बाहिरन पुग्यो ।

तालिकामा थप एक अंक जोडेसँगै अमेरिका विश्वकपको सुपर आठमा प्रवेश गरेको छ । जारी विश्वकप अन्तर्गत समूह ए मा रहेको भारतले तीन खेलमा छ अंक जोडेर सुपर आठमा यसअघि नै पुगिसकेको छ । चार खेल खेलेको अमेरिका पाँच अंकसहित दोस्रो स्थानमा रहेर सुपर आठमा प्रवेश गर्दा तीन खेल खेलेको पाकिस्तान दुई अंकसहित तेस्रो स्थानमा रहँदै एक खेल अगावै बाहिरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्