खोटाङ सामाजिक सेवा मञ्चद्वारा विमल कोइराला सम्मानित

<span class='c1'>खोटाङ सामाजिक सेवा मञ्चद्वारा</span> <span class='c2'>विमल कोइराला सम्मानित</span>

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चले वरिष्ठ कवि डा. विमल कोइरालालाई सम्मान गरेको छ ।

साढे चार दकदेखि नेपाली साहित्यमा सक्रिय कोइरालालाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राजनैतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले पूर्वमुख्यसचिवसमेत रहनुभएका कोइरालालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । मञ्चले हरेक महिनाको पहिलो शनिबारमा सिर्जना वाचन र एकजना स्रष्टालाई सम्मान गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर महानगरपालिकाले भौतिक विकाससँगै यहाँको भाषा, साहित्य, कला र संस्कृतिको विकासमा योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउनुभयो । उहाँले विराटनगरको पहिचान खोज्ने बेला आएको समेत उल्लेख गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, प्राज्ञ विवश पोखरेल, साहित्यकार रोहिणी रसिक, लक्ष्मी पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी सोही अवसरमा देवी पन्थी, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, प्रिन्स प्रमोदकुमार ढकाल, ऋषि तिवारी, स्वीकृति रेग्मी मुना, भूपाल अधिकारीलगायतले आ-आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्