काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ। शनिबार राति भएको शनिबार राति भएको वर्षाले प्रभावित खेलमा नामिबियालाई ४१ रनले पराजित गरेको हो ।
सुपर एटमा पुग्न अब इंग्ल्याण्डले अष्ट्रेलिया र स्कटल्याण्डको खेलको नतिजामा भर पर्नु पर्नेछ । समूह ‘बी’ को अन्तिम खेलमा अष्ट्रेलियाले स्कटल्यान्डलाई हराएमा इंग्ल्याण्डको अन्तिम आठमा प्रवश गर्ने छ । ३ घण्टा ढिलो सुरु भएको खेलमा इंग्लिस टोलीलाई भाग्य, मौसम र पिचको साथ मिलेको थियो । एन्टिगुवामा बेलाबेलामा पानी परेको थियो र ओभर घटाइएको थियो ।
नामिबियाले टस जितेर बलिङ रोजेको थियो । इंग्ल्यान्डले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाए पनि डिएलएस पद्धतिमा १२२ बाट १२७ रन बनाएको थियो । जवाफी इनिङ्समा नामिबियाको सुरुवात सुस्त रह्यो र टोलीले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ८४ रन मात्र बनाउन सकेन ।
ह्यारी ब्रुक खेलको प्लेयर अफ द म्याच भए । उनले २० बलमा अविजित ४७ रनको महत्वपूर्ण इनिङ खेले । यसैगरी जोनी वेरिस्टोले ३१ रन बनाउँदा मोइन अलीले १६ रन जोडे । त्यस्तै, फिल साल्टले ११ रन बनाउँदा लियाम लिभिङस्टोन १३ रन बनाएर रनआउटको शिकार भए । नामिबियाका रुबेने ट्रम्पलम्यानले २ विकेट लिए ।
जवाफामा नामिबियाका ओपनर मिचेल भान लिंनगेनले २९ बलमा ३३ रन बनाउँदा निकोलस डाभिनले १६ बलमा १८ रनको पारि खेले । यस्तै, डेभिड वाइजले १२ बलमा २७ रनको पारि खेल्दा पनि निर्धारित ओभरमा ३ विकेट गुमाएर ८४ रनमात्रै बन्दा टोलीले जित निकाल्न असफल भयो ।
इंग्ल्याण्डका जोफ्रा आर्चर र क्रिस जोर्डनले एक एक विकेट लिए ।
भारत र क्यानडाको खेल रद्द
आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारत र क्यानडाबीचको खेल रद्द भएको छ । फ्लोरिडाको लाउडरहिलमा तय भएको प्रतियोगिता वर्षाका कारण रद्द भएको हो । अम्पायरहरूले दुई पटक निरीक्षण गरेपछि खेल रद्द गर्ने निर्णय गरेका हुन् ।
वर्षाका कारण यस मैदानमा लगातार तेस्रो खेल हुन सकेन । फ्लोरिडामा वर्षाका कारण आज पनि खेलको टस हुन सकेन । फ्लोरिडामा पछिल्लो एक सातादेखि भारी वर्षा भइरहेको छ ।
भारत समूह ए बाट सुपर एटमा पुगिसकेको छ । जसले गर्दा नतिजाले कुनै पनि प्रभाव परेन । यही समूहबाट अमेरिकाले पनि अन्तिम ८ मा स्थान पक्का गर्दा पाकिस्तान, क्यानडा र आयरल्याण्ड बाहिरिएका छन् । यही मैदानमा आइतबार पाकिस्तान र आयरल्याण्डले समूह चरणको अन्तिम खेल खेल्ने छन् ।