पाकिस्तानमा आफ्नो सम्बन्धविच्छेद गराएको भन्दै प्रहरीद्वारा दुई वकिलको ह*त्या

<span class='c1'>पाकिस्तानमा आफ्नो सम्बन्धविच्छेद गराएको भन्दै</span> <span class='c2'>प्रहरीद्वारा दुई वकिलको ह*त्या</span>

काठमाडौं । पाकिस्तानमा एक प्रहरीले गोली प्रहार गरी दुई जना वकिलको हत्या गरेका छन् ।

अटकमा भएको गोली प्रहारबाट ज्यान गुमाउनेमा जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जा रहेका छन् ।

पाकिस्तानी मिडिया रिपोर्टहरुका अनुसार शनिबार विशेष बलका एक एएसआईले व्यक्तिगत दुश्मनीलाई आधार बनाएर दुई वकिलको गोली हानी हत्या गरेका हुन् । एएसआई इन्तजार शाहले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद हुनुमा वकिलहरूको भूमिका रहेको भन्दै त्यही दुश्मनीमा गोली हानी वकिलहरुकै हत्या गरेका हुन् । हत्याको घटनापछि अटकका प्रहरी प्रमुख सरदार घियास गुल खानले तत्काल कारबाही अघि बढाएका छन् ।

एएसआई इन्तजार शाह हिरासतमा परेका छन् भने घटनाबारे अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्