आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै, सार्वजनिक विदा

<span class='c1'>आज बकर इद पर्व :</span> <span class='c2'>देशभरका मस्जिदहरुमा मनाइदै, सार्वजनिक विदा</span>

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको बकर इद (इदुल जोहा) पर्व आज देशभरका मस्जिदमा मनाइदैछ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यो मुस्लिमहरुको दोश्रो ठूलो महान चाड हो । सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक विदा दिएको छ ।

बकर इदमा मुस्लिम धर्मावलम्बीहरुले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्, नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । सोमबार काठमाडौंको जामे मस्जिद, काश्मिरी मस्जिद लगायत मस्जिदमा मानिसहरु भेला भएर यो पर्व मनाउँदैछन् । हिजरी संवत् १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल सलामलाई बलिदान गर्न तयार भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवाहरु बताउँछन् ।

मुस्लिम समुदायले सोमबारदेखि तीन दिनसम्म यो पर्व मनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्