सबै धर्म र चाडपर्वलाई आदर गर्ने नेपाली परम्परा विशिष्ट : सभापति देउवा

<span class='c1'>सबै धर्म र चाडपर्वलाई आदर गर्ने</span> <span class='c2'>नेपाली परम्परा विशिष्ट : सभापति देउवा</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाति, धर्म सम्प्रदाय र चाडपर्वहरुको आदर गर्ने नेपाली परम्परा विशिष्ट रहेको बताएका छन् ।

सोमबार बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले यस्तो चाडपर्वले मुलुकमा शान्ति, सद्भाव र संमृद्धि ल्याउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाल प्राचीन कालदेखि नै विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल रहेकोले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता छ । र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ,’ देउवाले सन्देशमा भनेका छन् ।
उनले बकर इदले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरुमा एकताको सन्देश दिन सफल हुने विश्वास समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्