इन्धन अभावले काठमाडौं उपत्यका अस्तव्यस्त

<span class='c1'>इन्धन अभावले काठमाडौं</span> <span class='c2'>उपत्यका अस्तव्यस्त</span>

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरू आन्दोलित हुँदा पेट्रोलियम वितरणमा समस्या आएको छ ।

काठमाडौं उपत्यकाभित्रका अधिकांश पम्प क्षेत्र दिनभर अस्तव्यस्त भएका छन् । आइतबारदेखि ढुवानीकर्ताहरु विभिन्न मागसहित आन्दोलित भएपछि उपत्यकासहित देशभरको पेट्रोलियम पदार्थ वितरण प्रणालीमा समस्या आएको हो ।

नेपाल पेट्रोलियम ट्याकंर चालक संघले सरकारसमक्ष विभिन्न ७ बुँदे माग राख्दै देशभरका १८ सयभन्दा बढी चालक आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुको सम्पूर्ण ट्याकंर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने माग रहेको छ ।

काठमाडौं उपत्यकामा रहेका प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले संचालन गरेको पम्प एवम साझा पेट्रोल पम्पमा इन्धन भर्नेको लाइनले गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । निजी क्षेत्रबाट संचालित पम्पहरु भने दिनभर बन्द रहेका थिए ।

सोमबार दिउँसो सरकार र ट्याक्कर मजदुरहरुबीच सहमति भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्