दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

<span class='c1'>दक्षिणी रुसको तेल ट्याङ्की</span> <span class='c2'>भण्डारमा ड्रोन आक्रमण</span>

मस्को । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राती तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठुलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको बताए पनि यसले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा यस्तै आक्रमणहरू गर्दै आएको थियो ।

“ड्रोन आक्रमणको परिणामस्वरूप अजोभमा तेल उत्पादन ट्याङ्कीहरूमा आगलागी भएर नष्ट भएका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार कुनै हताहत भएको छैन’’, स्थानीय रोस्तोभ क्षेत्रका गभर्नर भासिली गोलुबेभले टेलिग्राममार्फत बताउनुभयो ।

आपतकालीन मन्त्रालयले प्रकाशित गरेको भिडियोमा तेल भण्डारण ट्याङ्कीहरू राखिएको स्थानबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको देखाइएको छ ।

आक्रमणमा कति ड्रोनहरू संलग्न थिए भन्ने जानकारीमा आएको छैन । कम्तीमा ३२०० वर्गमिटर क्षेत्रफलमा फैलिएको आगलागी नियन्त्रण गर्न करिब २०० जना आगो नियन्त्रक र आपतकालीन कर्मचारीहरू तैनाथ गरिएको आपतकालीन मन्त्रालयले जनाएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्