इटहरी । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले इटहरी उपमहानगरपालिका-११ का किसान डम्बर प्रसाद सुवेदीको गोठमै पुगेर बीमा दाबी भुक्तानी गरेको छ। उनको गोठमा गत महिना आगलागी हुँदा केही पशुको मृत्यु भएको थियो।
कम्पनीले दाबी फर्छ्यौटका लागि द्रुत कदम चालेर बीमा प्रतिको विश्वास जगाउन सफल भएको उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बताइएको छ। कार्यक्रममा ओरिएन्टल इन्स्योरेन्सका इटहरी शाखा प्रमुख गणेश श्रेष्ठले किसानहरूलाई पशुपंक्षी र गोठलगायतका सम्पत्तिको बीमा गर्न आग्रह गरेका थिए।
"भविष्यमा आइपर्ने कुनै पनि घटना वा क्षतिबाट सुरक्षित हुन बीमाको विकल्प छैन," उनले भने, "किसानले पशुपंक्षी र गोठलगायतका सम्पत्तिको बीमा गरेर सुरक्षित हुनुपर्छ।"
कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष केशव कोइरालाले अध्यक्षता गरेका थिए। उनले ओरिएन्टल इन्स्योरेन्सले पीडित किसानलाई छिटो भुक्तानी दिएर बीमा क्षेत्रमा उदाहरण बनेको बताए। "जनमानसमा बीमाप्रति गलत धारणा छ, यो दाबी भुक्तानीले त्यसलाई गलत सावित गरिदिएको छ," बरिष्ठ समाजसेवी चण्डीराज गौतमले भने, "बीमाले दुःखको समयमा ठूलो राहत मिल्छ।"
नेपाल टेलिभिजनका सुनसरी सम्बाददाता सन्तोष यादवले सम्पत्ति बीमा गर्दा आइपर्ने समयमा ठूलो राहत हुने बताएका थिए।