आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

<span class='c1'>आइसीसी टी-२० विश्वकप :</span> <span class='c2'>सुपर आठका खेल आजदेखि</span>

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल आज (बुधबार)देखि सुरु हुँदै छन् ।

अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत सुपर आठ देखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन् । समूह चरणका केही खेलहरु अमेरिकामा भएका थिए ।

बुधबार पहिलो सुपर आठको खेलमा दक्षिण अफ्रिका र अमेरिका आमने सामने हुने छन् । समूह चरणमा दक्षिण अफ्रिका समूह डीबाट विजेताको रुपमा रहेको थियो भने अमेरिका समूह एको उपविजेता हो । सुपर आठको खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सर भिभिएन रिचार्ड्स स्टेडियममा हुने छ । दक्षिण अफ्रिकाले लगातार विश्वकप खेल्दै आए पनि अमेरिका भने पहिलो पटक विश्वकप खेलेको टिम हो । यी दुई बीचको खेल पहिलो पटक हुन् लागेको छ ।

सेमिफाइनल यात्राको लय कायमै राख्नका लागि दुवै टिमलाई जित आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्