घट्यो डलर, युरो र पाउण्डको मूल्य

<span class='c1'>घट्यो डलर, युरो</span> <span class='c2'>र पाउण्डको मूल्य</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसा रहेको छ । मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा तोकिएको छ । मंगलबार युरोको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा तोकिएको थियो । आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६९ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३ पैसा र बिक्री दर १६९ रुपैयाँ ७९ पैसामा कारोबार भएको थियो ।
आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्