टी–२० विश्वकपमा टोलीको खराब प्रर्दशनपछि न्युजिल्यान्डका केनले छोडे कप्तान पद

<span class='c1'>टी–२० विश्वकपमा टोलीको खराब प्रर्दशनपछि</span> <span class='c2'>न्युजिल्यान्डका केनले छोडे कप्तान पद</span>

काठमाडौं । टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डको लज्जास्पद हारपछि कप्तान केन विलियम्सनले कप्तान पद त्याग गरेका छन् । साथै उनले न्युजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन् ।

केन विलियम्सन अब न्युजिल्यान्ड टोलीको नियमित सदस्य नरहने र ठूला प्रतियोगितामा मात्रै खेल्न सक्ने अनुमान गरिएको छ । २०२४ को टी–२० विश्वकपमा केन विलियम्सनको नेतृत्वमा रहेको न्यूजिल्याण्ड टोलीको प्रदर्शन राम्रो रहेको थिएन । न्युजिल्याण्डको टोली सुपर–८ मा पुग्न नसकेर समूह चरणबाटै बिदा भएको थियो ।

वेस्ट इन्डिज र अफगानिस्तानसँग न्युजिल्यान्डले लज्जास्पद हार बेहोरेपछि टी–२० विश्वकप ट्रफी जित्ने सपना चकनाचुर भयो । यही कारण केन विलियम्सनले न्यूजिल्याण्डको कप्तानीबाट राजीनामा दिएका छन् । केन विलियम्सनले आफूले विदेशी टी–२० लिगमा खेल्नुपर्ने भएकाले केन्द्रीय सम्झौता पनि अस्वीकार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्