इलाम । इलामको फाकफोकथुम गाउँपालिका-६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय कुल बहादुर विश्वकर्मा रहेका छन् ।
मंगलबार बिहान ९ बजे पानी परिरहेको बेला छाता ओडी गाउँ तर्फ जाँदै गरेको अवस्थमा बाटोमा छाताले बिद्युतको तारमा अचानक छुन पुग्दा करेन्ट लागी उनको घटना स्थलमा नै मृत्यु भएको थियो । मृतक लाशलाई आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।