विराटनगर । मोरङको रतुवामाईमा चट्याङ लागेर एक जना बालिकाको मृत्यु भएको छ।
रतुवामाई नगरपालिका-४ का झरीलाल महतोको १६ बर्षीया छोरी बिपना महतोलाई चट्याङले लागेर मृत्यु भएको हो ।
मंगलबार बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसंगै परेको चट्याङले लागि घाईते भएकी उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
फोटो:फाइल