काँधमा साइकल राखेर पुल चढ्छन् रतुवामाईमा स्थानीय

<span class='c1'>काँधमा साइकल राखेर पुल</span> <span class='c2'>चढ्छन् रतुवामाईमा स्थानीय</span>

रबिन्द्र बराल
रंगेली । मोरङको रतुवामाई र झापाको गौरीगञ्ज बजार आउजाउ गर्न रतुवाको पुल बन्नुपर्छ । खोलामा बनेको पुल समेत प्रयोगमा आउन नसक्दा स्थानीयले कि त कंक्रिट पुलुमनी बाँसको पुल कि त कंक्रिट पुलमाथि भ¥याङ्ग लगाउनु पर्ने कि त भारतीय बाटो प्रयोग गर्न बाध्य हुनुपर्ने स्थिति छ । स्थानीय केहि विकल्प नभए भारतको फुलवरिया पुल हुँदै नेपाल आउजाउ गर्न बाध्य हुनु परेको छ ।

दक्षिणवर्ती मोरङ र झापालाई जोड्ने रतुवाको पुल निर्माण भएको छ । तर, निर्माण भएको पुल प्रयोग गर्न योग्य छैन । मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल १५ वर्षदेखि अलपत्र छ। मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४÷६५ मा कालिका–ओसिए जेभीलाई निर्माण ठेक्का दिएको थियो । भ्याट सहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पाएको निर्माण कम्पनीले ढुकुटीबाट पैसा लिए पनि पुल निर्माण पूरा गरेन ।

कोशी प्रदेशको राजधानी विराटनगरदेखि झापाको भद्रपुर जोड्ने हुलाकी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा रहे पनि रतुवा पुलका कारण वर्षायाममा अवरोध हुने गरेको छ ।
खोलाको मध्य भागमा पुल बनेको छ। पुलको दुवैतर्फ खोलाको ठूलो भँगालो बग्ने भएकाले वारपार गर्न समस्या छ। त्यसैले भारतको फुलवरियाको पुल प्रयोग गर्नुपर्ने बाध्यता स्थानीयलाई छ। पुल प्रयोगविहीन भएपछि मोरङ र झापाका मानिसलाई दुवै भँगालो पार गर्न विविध विकल्प अपनाउनु पर्ने हुन्छ ।

पुल नबन्दा भद्रचोक, आमबाडी, झुर्किया लगायतका स्थानीयहरु बर्षाको समयमा गौरिगन्ञ सम्म पुग्न सक्दैनन् । भारत गएर आउने की उर्लाबारी दमक हुँदै गौरीगंज पुग्ने विकल्पमा जानुपर्ने हुन्छ । वर्षायाममा खोलाले धार परिर्वतन गर्दै कहिले पूर्व त कहिल पश्चिम हुन्छ । अहिले पूर्वतर्फ एउटा र पश्चिमतर्फ दुईवटा पिलर थपेर पुल सडकसँग जोड्ने संरचना तयार पारिदैछ । तर, काम अति नै सुस्त गतिमा चलिरहेको छ ।

स्थानीयले वर्षामा साइकल काँधमा राखेर पुल चढ्नु पर्ने बाध्यता छ । पुलको बाँकी काम देव एण्ड सायर, समता, आशिषदेव जेभीलाई दिइएको छ । २०७९ असारदेखि पुल आसपासको तटबन्ध १२ सय मिटर लम्बाई र पुलको बाँकी निर्माणकार्यका लागि २१ करोडमा ठेक्का लागेको हो । आगामी २०८२ असारमा सम्पन्न गर्नुपर्ने अवधी छ । हुलाकी सडक आयोजना कार्यालयका इन्जिनियर प्रभात किरण राईका अनुसार उक्त काम असार मसान्तसम्म सकिनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्