प्रतिनिधि सभा : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर आज

<span class='c1'>प्रतिनिधि सभा : प्रधानमन्त्रीसँग</span> <span class='c2'>सांसदको प्रश्नोत्तर आज</span>

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीले आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा शुरु हुने छ ।

यस्तै, आजकै बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित सातव वटा मन्त्रालयका मन्त्रीहरूले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ । विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले जवाफ दिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्