साउदीमा गर्मीका कारण हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

<span class='c1'>साउदीमा गर्मीका कारण हज यात्राका</span> <span class='c2'>क्रममा ६ सय बढीको मृत्यु</span>

काठमाडौं । अत्यधिक गर्मीका बीच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ ।

बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् । मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्धवृद्धा र दीर्घरोगीहरुको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया लगायत देशका नागरिकहरु छन् । भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको त्यहाँस्थित कुटनीतिक नियोगलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । हज यात्राका क्रममा वर्षेनि यत्तिका संख्यामा हजयात्रीहरुको मृत्यु गरेको छ । तर यो वर्ष अझै समय बाँकी रहेकाले विगतभन्दा धेरैले ज्यान गुमाउनुपर्ने स्थिति बनेको अधिकारीहरुले बताएका छन् ।

‘यो हरेक वर्ष हुन्छ । यो पनि निरन्तरता नै हो । तर अब केही दिनमा यो अझै बढेर जाँदैछ भन्ने कुरा चाँहि हाम्रो लागि जोखिमपूर्ण हो,’ एक अधिकारीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्