तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी

<span class='c1'>तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल</span> <span class='c2'>संचालनको तयारी</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पोखरा, गौतम बुद्ध लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल संचालनको लागि समन्वयन गरिहेको बताएका छन् ।

प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वयगरी तदारूकताकासाथ कार्य गरिरहेको बताए ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको छ,’प्रधानमन्त्रीले भने,‘समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तयगरी कार्यान्वयनमा ल्याइने छ ।’

दाहालले वायु सेवा प्रदायकले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छुटहरू तथा सहुलीयतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी गराए । यस्तै उनले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जिकिर गरे । प्रधानमन्त्रीले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाकंन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको प्रस्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्