अनुयायीलाई तर्साएर डलर उठाउने धर्म गुरु १० वर्षे जेलयात्रामा

<span class='c1'>अनुयायीलाई तर्साएर डलर उठाउने धर्म</span> <span class='c2'>गुरु १० वर्षे जेलयात्रामा</span>

काठमाडौं । सिंगापुरका एक धर्मगुरुलाई आफ्ना अनुयायीहरूबाट करोडौं डलर ठगी गरेको र उनको पोल खुल्ने शंका गरिएकालाई अनुशासनका नाममा हिंस्रक सजाय दिईएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ ।

सिंगापुरस्थित च्यानल न्यूज एशिया (सीएनए)का अनुसार वू मे हो नाम गरेका धर्म गुरुलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ । धार्मिक पन्थका नाममा धन बटुल्ने अवैध व्यवसाय गरेको वित्तीय अपराधमा उनलाई यस्तो सजाय दिईएको हो ।

वूले करिब ३० जना अनुयायीहरूलाई आफूलाई देवता मान्ने विश्वास दिलाए र उनीहरूलाई केही वर्षदेखि १० मिलियन डलरभन्दा बढी ठगी गरेको पुष्टि भएको स्थानीय अदालतमा उपलव्ध कागजातहरूले प्रष्ट पारेको समाचारमा जनाईएको छ । धर्म गुरु वूले भने गलत क्रियाकलापमा परेका आफ्ना अनुयायीहरूलाई सुधार्न ससानो आर्थिक दायित्व लगाईएको स्वीकार गरेका छन् । उनीहरूबाट उठाईएको रकम भारतमा रहेको श्री शक्ति नारायणी अम्मा भनिने आध्यात्मिक व्यक्तित्वलाई पठाइएको बताईएको छ । भारतमा त्यस संस्थाल नयाँ मन्दिर निर्माणका लागि संकलित रकम प्रयोग गरिने जनाएको अदालतलाई उदृत गर्दैै समाचारमा उल्लेख गरिएको छ । ती धर्म गुरुले आफ्ना अनुयायीहरूलाई दण्ड दिने नाममा तातो चिम्टाले उनीहरुको दाँत तान्नेजस्तो क्रुर सजाय दिइएको छ। त्यतिमात्र होइन उनीहरुलाई आफ्नै दिसा खान समेत वाध्य पारिएको थियो ।

स्वास्थ्य अधिकारीहरूले उनलाई उनको अपराधको समयमा पागल सिजोफ्रेनिया थियो तर उनी आफ्नो कार्यको अवैध प्रकृति बारे सचेत रहेको बताएका छन् ।
‘अभियुक्तको कार्यले उनका अनुयायीहरूको जीवनलाई पूर्ण रूपमा चकनाचूर पारेको छ, उनीहरूलाई गम्भीर आर्थिक परिस्थितिमा छोडेको छ र कतिपयलाई स्थायी शारीरिक अपाङ्गता भएको छ,’अभियोजनकर्ताहरूले अदालतमा आफ्नो पक्ष प्रस्तुत गर्दा भनेका छन् ।
सन् २०२० मा सिंगापुर पुलिसले दक्षिण कोरियाको शिन्चेन्जी चर्च अफ जीससको स्थानीय अध्यायका २१ सदस्यहरूलाई पक्राउ गरेको थियो । उनीहरुलाई गैरकानूनी समाजको सदस्य भएको भन्दै पक्राउ गरिएको हो ।

सिङ्गापुरको कानुनअनुसार गैरकानूनी समाजको सदस्य भएको आरोपमा दोषी ठहरिए तीन वर्षसम्मको जेल सजाय र ३,७०० डलरसम्म जरिवाना हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्